संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

पशुपति आर्यघाटमा आज (बिहीबार) बिहान ११ बजे राजकीय सम्मानका साथ गरिने नेकपा एमालेले जनाएको छ ।

मंगलबार राति निधन भएका नेम्वाङको पार्थिव शरीर हिजो (बुधबार) दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि एमालेको पार्टी मुख्यालय च्यासलमा राखिएको थियो । मंगलबार दिनभर र हिजो दिउँसो १ बजेसम्म उनीप्रति श्रद्धाञ्जली अर्पणका लागि नेता-कार्यकर्ता पार्टी कार्यालय च्यासल पुगेका थिए ।

विदेशमा रहेका दुई छोराहरु नेपाल फर्किएपछि च्यासलमा राखिएको नेम्वाङको पार्थिव हिजो दिउँसो १ बजेपछि बालुवाटारस्थित निवासमा लगिएको थियो । परिवारको जिम्मा लगाएपछि लिम्बू परम्पराअनुसार रातभर पूजा विधि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर