असार ९,खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आमा समुहलाई बिउ पुँजी रकम प्रदान गरेको छ । १६ वटा आमा समुहलाई १÷१ लाखका दरले नगरपालिकाले बिउ पुँजी रकम प्रदान गरेको हो ।

नियमित बचत गर्दै आएका आमा समूहलाई शनिबार एक कार्यक्रमको बीच नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले १÷१ लाखका दरले बिउ पुँजी बापतको रकम हस्तान्तरण गर्नुभएको हो ।

आमाहरुलाई आम्दानीमूलक क्षेत्रमा लगानी गरेर आयआर्जनमा टेवा पु¥याउने उद्देश्यका साथ बिउ पुँजी कार्यक्रमको सुरुवात गरिएको नगर प्रमुख विमला राईले बताउनुभयो । नगरपालिकाले माग गरेको आवेदन अनुसार छनोट भएका १६ आमा समुहलाई शनिबार बिउ पुँजी बापतको रकम प्रदान गरेसँगै हालसम्म बिउ पुँजीको रकम लिने आमासमुहको संख्या ५० वटा पुगेको छ । समूहबाट ऋण लिने व्यक्तिले ९ देखि १२ महिनाभित्र व्यवसाय सञ्चालन गरेर ऋण फिर्ता गर्नुपर्ने कार्यविधि रहेको नगर जानकारी दिनुभयो ।

आमा समुहमा भइरहेको नियमित बचत कोषमा नगरपालिकाले उपलव्ध गराएको १ लाख रकम पनि जम्मा हुने छ । उक्त रकमबाट बाख्रा, बंगुर, कुखुरा पालन, तरकारी खेती लगायत व्यवसाय सञ्चालनका लागि समूह भित्रका महिलालाई प्राथमिकतामा राखेर सहुलियत ब्याजदरमा ऋण लगानी गरिने छ ।

आमा समूहले ऋण लगानी गर्दा बैंकको ब्याजदरभन्दा बढी ब्याज लिन पाउने छैनन् । केही वर्ष अगाडि देखि नै आमा समुहलाई बिउ पुँजी रकम उपलब्ध गराउदै आएको नगरपालिकाले यो वर्ष पनि नितरन्तर दिएको हो । बिउ पुँजी कार्यक्रम महिलाहरुलाई घर खर्च टार्ने बलियो माध्यम बनिरहेको प्रमुख राईको भनाइ छ ।

‘नगरपालिकाले दिएको बिउ पुँजी रकमबाट आमा समुहका महिलाहरुले पालैपालो सहुलिय ब्याजदरमा ऋण लगेर विभिन्न व्यववसाय गरिरहनु भएको छ । कसैले बाख्रा, कसैले सुँगुर, कसैले कुखुरा पाल्नु भएको छ ।

कसैले तरकारी खेती गर्नुभएको छ, कसैले किराना पसलहरु सञ्चालन गरिरहनु भएको छ ।’ प्रमुख राईले भन्नुभयो, ‘हामीले दिएको रकम लगानि गरेर आमा दिदि बहिनीहरुले व्यवसायलाई निरन्तरता दिइरहनु भएको छ, जसले गर्दा उहाँहरुको घर खर्च टरेको छ । यहि कार्यक्रम अन्तरगत विभिन्न गोष्टि बैठकहरु सञ्चालन हुन्छन्, जसले गर्दा महिलाहरुलाई घर बाहिर निस्किने अवसर मिलेको छ, उहाँहरुको क्षमता बढ्दै गएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय