खोटाङ । खोटाङको दिक्तेलबजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र ‐फायर हाइड्रेन्ट गेट भल्भ)को संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको छ ।

दिक्तेलबजार पछिल्लो समय सहरको रुपमा बिकास हुदैगर्दा आगलागीको जोखिम बढ्दै गएकाले त्यसको न्यूनिकरण गर्ने उद्देश्यले रम्बाखोला माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र ‐फायर हाइड्रेन्ट गेट भल्भ)को एक कार्यक्रमको बीच संस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले उद्घाटन गर्नुभएको हो ।

रम्बाखोला माझखोला सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दिक्तेल बजारको बिभिन्न्न ठाउँमा १० वटा अग्नि नियन्त्रण यन्त्र ‐फायर हाइड्रेन्ट गेट भल्भ) जडान गरिएको र थप पाँच वटा फायर हाइड्रेन्ट गेट भल्भ संस्थाले खरिद गरेको छ,त्यसलाई बजारको महत्वपूर्ण स्थानमा चाडै जडान गरिने संस्थाका अध्यक्ष नवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो “ दिक्तेल बजारमा पछिल्लो समय सहरको रुपमा बिकास हुदैगर्दा बजारमा आगलागीको जोखिम पनि बढ्दै गएको छ,यहाँ दमकल भएपनि काम लाग्ने छैन् आगलागी जस्तो घटना हुदाँ त्यस्तालाई न्यूनिकरण गर्नको केहि मद्दत पुग्ने अपेक्षाले अग्नि नियन्त्रण यन्त्र ‐फायर हाइड्रेन्ट गेट भल्भ) जडान गरिएकोे अध्यक्ष जोशीले जानकारी दिनुभयो ।”

रन्तपार्कको जिरोप्वइन्ट,पुरानो बेसक्याम्पमा, त्रिवेणी चौक,हस्पिटल चौक,मालपोत कार्याल अगाडी, भानु चौकी लगायत स्थानमा अग्नि नियन्त्रण यन्त्र ‐फायर हाइड्रेन्ट गेट भल्भ)राखिएको संस्थाले जनाएको छ । जडान गरिएको फायर हाइड्रेन्ट गेट भल्भले आगो निभाउनको लागि दमकल सो सहर काम गर्ने संस्थाले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई,उपमेयर बिशन राई,प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई,नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल र माओवादी केन्द्रका खोटाङका अध्यक्ष आकाश पाण्डे लगाएको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर