बैशाख २९, खोटाङ । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन् । कृषिविज्ञका रुपमा आफुलाई चिनाउँदै आएका खोटाङका ७५ वर्षीय मदन राईले सञ्चालन गरेको शुभद्रा मदन फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुर्व्यवहार गरेको घटना सार्वेजनिक भएसँगै राईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

बालिकालाई यौन दुर्व्यवहार गरेको कुरा सार्वेजनिक भएपछि अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । एक जना पिडित प्रहरीको सम्पर्कमा आउनुभएको छ । राईलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको मुकारुङले जानकारी दिनुभयो ।

फाउन्डेनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडियो सहितको स्टोरी बिहीबार सेतोपाटी अनलाइनले सार्वजनिक गरेको थियो। शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो ।

फाउन्डेसनका संस्थापक राईले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने, आफू नग्न भएर विद्यार्थी सामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ ।

उक्त फाउन्डेसन खोटाङ दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालयमा सञ्चालन हुदै आएको छ । राईले नौ वर्षअघि उक्त फाउन्डेसन सञ्चालनमा ल्याएका थिए । फाउन्डेसनमा डेढ सय बिद्यार्थी पूर्ण आवासीय होस्टेल रुपमा बस्तै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर