चैत २४,खोटाङ । दर्ता नगरी अवैध रुपमा सञ्चालन भएको खोटाङका तीन औषधी पसलमा ताला लगाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा अवैध रुपमा सञ्चालन भइरहेका तीन पसलमा औषधी व्यवस्थापन विभाग शाखा कार्यालय विराटनगरले ताला लगाएको हो ।

विभागमा दर्ता गरेर मात्र औषधी पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले कानुनको उल्लंघन गर्दै दर्ता नगरी अवैध रुपमा औषधी सपल सञ्चालन गरिएको पाइएकोले सिलबन्दी गरिएको विभागमा कार्यरत नायव सुब्बा हरीस सुवेदीले बताउनुभयो ।

बिहिवार अनुगमनको क्रममा दिक्तेल बजारमा सञ्चालित अपोगी हेल्थ केयर एण्ड डाइनोस्टिक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसी दर्ता नभएको पाइएपछि सिलबन्दी गरिएको सुवेदीले जानकारी दिनुभयो ।

बिभागमा आवश्यक कागजात सहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर