संखुवासभा । संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका क्षेत्र भित्र लम्पी स्किन रोगको संक्रमणबाट १३ पशु चौपाया मरेका छन् ।

खाँदवारी नगरपालिकाको वडा नं. २, ६,७,८,९,१० र ११ वडामा उक्त रोग महामारीको रुपमा फैलिएको पशुसेवा विज्ञ केन्द्र संखुवासभाले जनाएको छ ।

खाँदवारी नगरपालिका वडा नं. ६ मा एक हप्ता अगाडिबाट देखिएको लम्पी स्कीन रोगको प्रकोप अहिले थप ६ वटा वडामा फैलिएको छ । प्रकोपकै रुपमा फैलिएपछि पशु चौपायालाई औषधि र भ्याक्सिन हान्न शुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खाँदवारीका प्रमुख हिमालय पोख्रेलले बताउनु भयो ।

उहाँले अहिलेसम्म खाँदवारी नगर क्षेत्रभित्र मात्र देखिएको उक्त रोगबाट १३ पशु चौपाया मरिसकेका र करिब ६ सयभन्दा बढीको उपचार भइरहेको बताउनु भयो ।

पशुमा रोगको सक्रमण बढ्दो रुपमा रहेकोले सक्रमण फैलिन नदिन पशुलाई आईसोलेसनमा राख्न कृषकमा सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो । अहिलेसम्म खाँदवारी नगरपालिका वडा नं. ६ मा ९ वटा र २ नं. वडामा ४ वटा चौपाया मरेको जानकारी आएको उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर