शिब बोहोरा
पोखरा । के तपाई सामाजिक सन्जालमा धेरै सक्रिय हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब सावधान रहनुहोस् । तपाईले सामाजिक सन्जाल फेसबुक भाइबर, ह्वाट्सएप, इमो लगायतका अन्य सामाजिक सञ्जाल प्रयोग गर्दै आउनुभएको छ भने ठगीन पनि सक्नुहुनेछ ।

भाइबर, इमो, ह्वाट्सएप, फेसबुक जस्ता सामाजिक सञ्जालका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहले लाखौ नेपालीहरु संग करोडौँ ठगी गरिरहेका छन् ।
भारतको सोनी टेलिभिजनमा आउने चर्चित कार्यक्रम को बन्छ करोड पतिको नाम लिएर , ह्वाट्सएप कम्पनी जस्ता अन्य सन्जालको बाहान पारेर तपाईलाई २५ लाख चिट्ठा पर्यो, तपाईंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका व्यक्तिबाट ठगी गर्ने गिरोहले करोडौँ ठगी गरिरहेको गुनासो मानिसहरुको सुन्नमा आइरहेका हुन्छन् ।

केही दिन अघि पोखराका एक व्यक्तिलाई आकाश बर्मा नामको एक ब्यत्तिले ह्वाट्सएपमा फोन गरेर २५ लाख चिट्ठा परेको भन्दै पौसा पठाउन लाग्ने खर्च पठाइमागेको बताए ।

सोसल मिडियाको प्रयोगसँगै अनैतिक र अश्लील क्रियाकलाप पनि बढिरहेका छन् । प्रविधिको दुरूपयोग गरी अरूको चरित्रहत्या गर्ने, ठगी गर्ने, गैरकानूनी काम गर्ने वा गर्न दुरूत्साहन गर्ने लगायतका गतिविधि भइरहेका छन् ।

पछिल्लो समयमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई एसएमएस पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतबाट भिडिओ कल गरी अपरिचित व्यक्ति आफैंले अश्लील कृयाकलाप गरी सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अश्लिल कृयाकलापमा संलग्न गराउने गतिविधि भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

अझ अनैतिक÷अश्लील क्रियाकलापमा संलग्न गराएपश्चात् उक्त भिडिओ कल रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटना बढ्दै गएको हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजग रहन ब्यूरोले अनुरोध गरेको छ ।

इन्टरनेटको युगमा अनलाइन दुर्व्यवहार एकदमै सामान्य भइसकेको छ । इन्टरनेटमा किशोरावस्थाका आधा जसो प्रयोगकर्ताहरु दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् ।

तर बिडम्बनाको विषय त्यसमध्ये आधाले यस किसिमका गतिविधि विरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनभने उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन ।
त्यस्ता दूर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्युरो गठन भएको छ ।

नेपालमा पछिल्लो क्रममा समाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहको बिगबिगी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय