प्रहरीले विर्तामोडबाट एकै परिवारका दुई दाजुभाईलाई नक्कली नेपाली र विदेशी नोटसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा गरेको खानतलासीका क्रममा विर्तामोड ४ मेघाबारीका सुवास ताजपुरिया र उनका भाई १९ बर्षिय प्रविण ताजपुरियालाई नेपाली एक हजार दरका काटिएका ६० थान , नकाटिएका २८ थान , ५ सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थानसहित ताजपुरियाको घरैबाट पक्राउ गरेको हो ।

आज बुधबार बेलुकी साढे ५ बजे पक्राउ परेका उनीहरुको साथबाट केही प्रतिबन्धित लागुऔषध, सक्कली नेपाली रुपैयाँ ३ हजार । मोवाइल चार थान र एकथान मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर