झापा — झापाको दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा हिमालय आईडलको फाईनल सम्पन्न भएको छ । बिद्यालय भित्र रहेका छात्र तथा छात्राहरु बिच गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरि हिमालय आईडल नाम दिएर कार्यक्रमको आयोजना गरिएको थियो । गायन तर्फ सो बिद्यालयकी कक्षा ९ की छात्रा श्रृजना सिटौलाले हिमालय आईडलको गायन तर्फको पहिलो सिजनको उपाधि हात पारेकी छन् भने सिनियर नृत्य तर्फको उपाधि सोहि बिद्यालयकी कक्षा ७ की छात्रा बिदिता लामिछाने हात पारिन । यस्तै जुनियर तर्फको नृत्यमा यमुना बिकले सफलता हात पारिन । बिद्यालयका प्रधानाध्यापक द्रोण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी दमक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष एबम सोहि विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रजापति सापकोटा रहनुभएको थियो । बिद्यालयले आगामी दिनमा विद्यार्थीहरुको कला र गलाको प्रोत्साहनका लागि हिमालय आईडलको सिजन २ पनि गर्ने बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभएको छ । यसैबिच, आजै सो विद्यालयबाट एसईई परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सम्मनसहित एसईईमा सफलता प्राप्त होस् भन्दै सुभकामना दिईएको थियो । दमक २ मा रहेको यस विद्यालयबाट यस बर्षको एसईई परिक्षामा ३ सय जना विद्यार्थी सभागी हुने विद्यालयका प्रधानाध्यापक द्रोण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर