भारतको सिलिगुडीमा रहेको ओलाइभ मेनुफेक्चरिङ मार्केटिङ प्रालिमा रोजगार दिलाउने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्नेहरुमा कैलाली लम्कीका कृष्ण देवकोटा , संखुवासभाका मनिस कार्की , झापा कचनकवलका तीर्थ सिग्देल र सोही ठाउँका रोशन तामाङ रहेका छन् । उनीहरुले सर्वसाधारणलाई सामाजिक सञ्जाल मार्फत आकर्षक तलबको लोभ देखाएर डगी गरेको आरोप लागेको छ । ठगी कार्यमा सम्लग्नले सामाजिक संजालमा विज्ञापन प्रकासन गर्दै आकर्षक तलबको लोभ देखाएको बताइएको छ । उनीहरुले तालिम शुल्क भनेर ठग्ने गरेको पीडितहरुले बताएका छन् ।

उनीहरुको कव्जाबाट उम्केर बिर्तामोड ३ की ज्योति राजवंशी , मोरङ बेलबारीका नवीन राजवंशी , बर्दियाकी लक्ष्मी चौधरी थारु , मकवानपुर हेटौडा ५ की सीता दराई , पर्सा गढी गाउँपालिकाका अजित तामाङ आइपुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय