दमक — मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाले दमकमा सञ्चालन गरेको सेवा केन्द्रसहित डिपार्टमेन्ट स्टोर बन्द गरेपछि सहकारीका बचतकर्ताहरु यतिबेला आन्दोलनमा उत्रिएका छन् ।

दमक ९ मा रहेको सो सहकारी संस्थाको सेवाकेन्द्रले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि लामो समय देखि सेवाकेन्द्रसहित गार्डेन डिपार्टमेन्ट स्टोर बन्द छ । अन्य सहकारी संस्थाले दिएको भन्दा उच्च २० प्रतिशतसम्म ब्याज दिने भन्दै दमकबाट सङ्कलन गरेको ठूलो रकम अहिले जोखिममा परेको भन्दै सो सहकारीका बचतकर्ताहरु स्थानीय सरकारदेखी प्रहरीसम्म गुहार्ने स्थितीमा पुगेका छन् । यसैक्रममा तुलसी सहकारी पीडित परिवारले आज सहकारीको बन्द रहेको कार्यालय अगाडीबाट शान्तिपूर्ण जन दबाब तथा खबरदारी कार्यक्रमको आयोजना गर्यो । सो जन दबाब तथा खबरदारी कार्यक्रममा सहभागी भएकाहरुले सहकारी बिरुद्ध चर्को नाराबाजी गर्दै र्यालीसहित दमक नगरपालिका पुगेका थिए । उनीहरुले यस बिषयमा स्थानीय सरकारले चासो नदेखाएको गुनाशोपनि गरेका छन् । सेवा केन्द्रसंगै डिपार्टमेन्ट स्टोर बन्द भएपछि बचतकर्ताहरु आफूहरु अन्यौलमा परेको गुनाशो गरिरहेका छन् भने सो सहकारी संस्थाले चारदेखि पाँच वर्षसम्ममा दोब्बर रकम दिने भनेर सयौं बचतकर्ताबाट रकम लिएको बुझिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर