झापा — मेईतु पेण्ट्सको प्रदेश १ को मुख्य बितरकको जिम्मा पाएको शुक्र शूर्य ट्रेडर्स प्रा.ली को आज औपचारिक रुपमा सेवा सुभारम्भ गरिएको छ ।
झापाको दमक नगरपालिका वडा नम्बर ९ मा कार्यालय रहेको शुक्र शूर्य ट्रेडर्स प्रा.लीको आज प्रदेश १ का प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा सेवा सुभारम्भ गरिएको हो । अरु भन्दा पृथक रहेको दाबी गरिएको मेईतु पेट्सको प्रदेश १ को मुख्य बितरक शुक्र शूर्य ट्रेडर्स प्रा.लीका प्रोप्राईटर दिपक रिजालका अनुसार पछिल्लो दिनहरुमा यसको माग समेत उच्च हुदै गएको र उपभोक्ताको रोजाईमा पनि मेईती पेण्ट्स पर्न थालेको छ ।
यस्तै प्रमुख अतिथी प्रदेश सभा सदस्य होम थापाले सेवा सुभारम्भ गर्दै देशमा बढ्दो बेरोजगारी हल गर्नपनि यस्ता प्रकारका कम्पनीहरुले धेरै हदसम्म सेवा पुर्याएको बताए । उनले काम ठुलो या सानो भन्दापनि कामको प्रकृती र काम गर्नेहरुको कला महत्वपूर्ण रहेको उल्लेख गरे । सो कार्यक्रममा मेईतु पेण्ट्सका अन्य बितरकहरुको समेत उपस्थिती रहेको थियो । सेवा सुभारम्भ भएको अवसर पारेर मेईतु पेण्ट्सले बिभिन्न अफरहरु समेत सार्वजनिक गरेको थियो ।