विराटनगर । १ नम्बर प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले आइतवार राजीनामा दिने भएका छन । शनिवारै राजीनामा बुझाउने भए पनि सार्वजनिक बिदा भएकाले भोलि मात्रै बुझाउने उनले बताए ।

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिवार बसेको संयुक्त बैठकले संघ तथा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको पछि उनले राजिनामा दिने भएका हुन ।

सिटौला पुस २५ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए । त्यसको झन्डै प्रन्ध्रदिन पछि मात्रै उनले मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर