झापा — नेपाली भाषा, कला र संस्कृतीलाई बिश्व सामु चिनाउन ईन्ट्र — ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा फस्ट ईन्टरनेशनल नेपाली रियालीटी शो “मेरो डान्स युनिभर्स” र “मेरो भ्वाईस युनिभर्स” को अडिशन खुल्ला भएको छ ।
यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै भारतको सिलिगुरीमा पनि हुने भएको छ । जसअनुसार बुटवलमा आज अडिसन सम्पन्न भएको छ भने भारतको सिलिगुरीमा फागुन १४ र १५ गते दमकमा फागुन २० र २१ गते र काठमाडौँमा फागुन २७ र २८ गते हुने आयोजकले आज झापाको दमकमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौँमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् ।
डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्ने नियम बनाइएको छ । त्यस बाहेक मेरो डान्स यूनिभर्सको संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । डिजिटल अडिसनको अन्तिम मिति फेबु्रअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ बर्षको हुनपर्ने आयोजकले जनाएको छ ।
‘मेरो भ्वाइस यूनिभर्सुको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । साथै मेरो डान्स यूनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् ।
फाउन्डेसनका अनुसार मेरो भ्वाइस यूनिभर्सका विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, मेरो डान्स यूनिभर्सको विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यस्तै डान्स यूनिभर्सको सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर