बिर्तामोड । कृषि, पर्यटन तथाऔद्योगिक क्षेत्रकाआर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ सञ्चालित छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्ब पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ ।

महोत्सवमा दुई सयवटा स्टलहरु राखिएका छन् ।जसमा नेपालमा उत्पादिक कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको छ । महोत्सवमा किबीको फलबाट बनाईएका बिभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा) देखि दारका ठेकीसम्म राखिएका छन् । ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दहीजमाउने, दहीमथ्ने (मोहीपार्ने), मोहीअथवादही राख्ने काममाप्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदार नामको रूखको काठबाट बनाइन्छ ।

त्यस्तै महोत्सवमा अचारका विभिन्न परिकारहरु समेत राखिएको छ भने सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा आदि राखिएका छन् । जुसको परिकारमा किबीका छुट्टा छुट्टै जुस राखिएको छ भने लालिगुराँसको जुस समेत महोत्सवमा राखिएको छ । जुन महोत्सवका लागि आकर्षणको केन्द्र बनेको छ ।

पूर्बी पहाडमा उत्पादित कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो – महोत्सवमा नेपालका कृषक र व्यवसायीहरुले उत्पादन गरेका विभिन्न समग्री राखिएको छ भने बंगलादेश, पाकिस्तान र भारतबाट आएका व्यवसायीहरुले समेत आफ्ना उत्पादनसहितका वस्तुको प्रर्दशनी र व्यापार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर