झापा जिल्लामा संचालन हुँदै आएको क्रसर उद्योगले पर्यावरण मात्र नभई नदि नियन्त्रणमा समेत समस्या हुन थालेको छ । मापदण्ड विपरित जताततै क्रसर उद्योगहरु संचालन गर्दा समस्या भएको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो पोखेका छन् ।
दमक वडा नं. ३ मा संचालित बालुवा उद्योगले केही दिन अघि लाखौं रकम खर्च गरेर निर्माण गरेको बाँध फुटाएर बालुवा प्रशोधन गर्दै आएको छ । स्थानीय क्षेत्रका बासिन्दाले बाँध निर्माण देखि खोलाको उच्च जोखिम र गाउँबस्ती नजिक क्षेत्रमा क्रसर संचालन रोक्न माग गरे पनि सुनवाई नभएको मावा खोला जग्गा कटा तथा तटबन्धन समितिका अध्यक्ष वेदनिधि चापागाँईले बताउनु भयो ।
जिल्लामा आधिकारिकरुपमा दर्ता भएर २० वटा बालुवा प्रशोधन र १२ वटा क्रसर उद्योग रहेका छन् । तर दर्ता तथा नविकरण विनै अन्य धेरै वटा क्रसर संचालन भइरहँदा समेत सरोकारवाला निकाय मौन रहेको खोला तथा नदि क्षेत्रका बासिन्दाले बताएका छन् ।
राज्यको संयन्त्रले क्रसर उद्योग नियन्त्रण गर्ने प्रयास गर्दै आए पनि हुन सकेको छैन । तथापि देखेका र गुनासा आएका समस्या प्रति सचेत हुँदै आएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले बताउनु भयो ।
झापा जिल्लामा लार्पावाही ढंगबाट राखिएका क्रसर तथा बालुवा प्रशोधन उद्योगले नदि नियन्त्रणसँगै कृषि क्षेत्रमा समेत असर पुर्याएको छ । उद्योगबाट निस्कने धुलो धुँवाले किसानहरु मारमा परेका छन् भने खोला नजिकै उद्योग संचालन गर्दा नदि नियन्त्रणमा समेत उच्च जोखिम बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to efocusnews.com
Design: Ytech