झापा । बिर्तामोड नगरपालिकाले नगर अस्पताल भवन निर्माण कम्पनीलाई चेतावनी दिएको छ । भवन निर्माण कम्पनी धुलिखेल निर्माण सेवा प्रा.लिलाई नगर अस्पताल भवन निर्माण गर्न गरेको सम्झौता मिति सकिँदासमेत काम सम्पन्न नभएका कारण नगरपालिकाले आइतबार चेतावनीसहितको पत्र काटेको हो । पत्रमा ३ दिनभित्र कार्य प्रगति नदेखिए सार्वजनिक खरिद ऐन २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

भवन २०७९ साल असार १ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तोकिएको समयभित्र काम सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक जानकारी गराउँदासमेत कार्य प्रगति नदेखिएपछि यस पटक अन्तिम पत्र काटेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । उनले ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेका कारण समयमा काम सम्पन्न नभएको बताए ।

भवनमा प्लोरिङ, इलेक्ट्रि सिटी,झ्याल ढोका, रंगरोकन, प्लम्बिङलगायतका काम बाँकी रहेको नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । धुलिखेल निर्माण सेवा प्रा।लिले २०७७ साल असार ८ गते भवन निर्माणका लागि ५ करोड ५० लाख ७ हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर