असोज २,खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित श्री पञ्च माविका विद्यार्थीले विज्ञान सामाग्री प्रदर्शनी गरेका छन् । विज्ञान दिवस तथा शिक्षा दिवसको सन्दर्भ पारेर पञ्च माविका बिद्यार्थीहरुले बुधवार विज्ञान सामाग्री प्रदर्शनी गरेका हुन् ।

विद्यार्थीमा भएका विज्ञान सम्वन्धी सीप र कलालाई प्रस्फुटन गर्ने÷गराउने वातावरण निर्माण गर्ने उद्धेश्यले विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको श्री पञ्च माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनालले बताउनुभयो ।

विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रममा विद्यार्थीले तयार पारेका ग्रास कटर, वाटर फिल्टर, मिक्स्चर, ज्वालामुखी, किचन गार्डेन, पशु तथा वनस्पतीको कोष, टेलिस्कोप लगायतका २७ स्टल राखिएको थियो ।

विज्ञान सामाग्री प्रदर्शनीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख बिसन राई, नगरपालिकाले गठन गरेको शैक्षिक सुधार कार्यदलका संयोजक सुर्य राई लगायतले अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर