खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५ महिना देखि १५ मुनि उमेर सूमहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । टाइफाइड बिरुद्धको खोप बालबालिकामा प्रदान गरि रोगको संक्रमण र त्यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने उद्देश्यले १५महिना देखि १५बर्षमुनिका बालबालिकालाई खोप लगाईने भएको हो ।
नेपाल सरकारको राष्ट्रिय नयाँ खोप कार्यक्रम अन्तरगर्त १५ महिना देखि १५ बर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने निति अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि चैत्र २९ गते देखि बैशाख ४ गते सम्म खोप लगाइने नगर उपप्रमुख बिणादेवी राईको अध्यक्षतामा स्वास्थ्य शाखाले पालिका खोप समन्वय समिति र सरोकारवालाहरु सँग अभिमुखिकिरण कार्यक्रमका आयोजना गरि जानकारी दिएको हो ।
नगरपालिका क्षेत्र भित्र रहेका १३ हजार ३ सय ४६ जना बालबालिकालाई खोप लगाईने लक्ष्य राखिएकोले त्यसलाई प्रभावकारी बनाउन १ सय २८ वटा खोप केन्द्र, ३ सय ४ जना स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको नगरका स्वास्थ्य शाखाका संयोजक तिर्थराज आचार्यले बताउनुभयो ।
उहाँले भर्नुभयो १५ महिना देखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बिच बाहिरी भागमा र २ वर्षदेखि १५ वर्षका बालबालिकालाई बाँया पाखुराको बिच बाहिरी भागमा ०.५ मिलिलिटर एक मात्रा खोप लगाइने छ ,त्यस्तै खोपको प्रभावकारिता ९६.९५ प्रतिशत रहने छ । खोप लगाई सकेपछि खोप लगाएको भागमा रातो हुने,सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिराहरु आउने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता लक्षणहरु देखिए पनि यसबाट नडराउन र नआत्तिन आग्रह गर्नुभयो ।
टाइफाइड संक्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्षमूनिका बालबालिकामा करीव ११ गुणा बढी संक्रमण हुने गरेको स्वास्थ्य संस्थाको प्रतिबेदनमा उल्लेख गरिएको छ, सुरुमा १५ महिनादेखि १५ वर्षमूनिका बालबालिकाहरुलाई अभियानको रुपमा एक मात्र खोप दिने र सो पश्चात् नियमित खोपमार्फत १५ महिना उमेर समूहका बालबालिकालाई १ मात्रा टाइफाइड विरुद्धको निरन्तर खोप प्रदान गर्ने आचार्यले बताउँछन् ।
एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको प्रतिवेदन अनुसार नेपालमा विगत ५ वर्षको तथ्यांक अनुसार हरेक वर्ष करीब ४ लाख ५० हजार जनामा टाइफाइडबाट संक्रमित हुने र विगत ३ वर्षको तथ्यांक अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगमध्ये टाइफाइड तेश्रो स्थानमा रहेको र अस्पताल भर्ना हुने विरामीहरुमध्ये चौथो कारण टाइफाइड नै भएको अध्यनले देखिएको स्वास्थ्य कार्यलयले जानकारी दिइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to efocusnews.com
Design: Ytech