इलाम – २०६६ सालमा सुरु भएको इलामकोे मान्द्रेनी बरबोटे खानेपानी आयोजना अझै सम्पन्न हुन सकेको छैन ।

करिब नौ सय घरधुरी रहेको बरबोटेमा केहीले पानीको मुहान नै किनेर पानी पिउने गरेका छन् भने अधिकांश क्षेत्रमा पानीको श्रोत नहुँदा खोल्साखाल्सीको पानी जोहो गर्नुपर्ने बाध्यता छ । आयोजना निमार्ण भइरहेकोे बरबोटे क्षेत्रमा अधिकांश सुख्खा क्षेत्र रहेकाले तरकारी खेती र पशुपालन गर्न समेत समस्या छ । सन्दकपुर गाउँपालिकाको खप्परेमा रहेको मुहानबाट २० किलोमिटर टाढा चारखादेमा पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ।

हालसम्म नौ करोड रुपैयाँ खर्च भइसकेको आयोजनामा पाइपलाइन विस्तार र ट्याङकी निर्माण लगायतका काम भइरहेका छन् । उपभोक्ता समितिमार्फत काम भईरहेपनि बरबोटेबासीले कहिले पानी पाउँछन् भन्ने टुङगो छैन् । कोरोना महामारी र गत कार्तिकमा आएको बाढीपहिरोलाई देखाउँदै उपभोक्ता समितिले आयोजनाको काममा थप ढिलाई गरिरहेको छ ।

खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका अनुसार १२ वर्ष बितिसक्दा समेत याे आयोजनाको काम ४० प्रतिशत पनि पूरा भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर