झापामा सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जलथल गाविस ८ हाल हल्दिबारी गाउँपालिका ५ बस्ने ३७ वर्षीय हेमकुमार फागो रहेका छन् । झापा जिल्ला अदालतको २०७६ असार ३० गतेको फैसला बमोजिम सवारी ज्यान मुद्दा शीर्षकमा उनलाई ३ महिना कैद तोकिएको थियो ।

फरार रहेका फागोलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई शुक्रवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर