झापा — झापाको दमक नगरपालिका वडा नम्बर ९ मा कार्यालय रहेको सेतुमारी कृषि सहकारी संस्थाले सुरु गरेको अग्र्यानिक तरकारी खेती बिस्तार हुने क्रममा रहेको छ ।
सहकारीले दमक ९ मै करिब ६ बिघाहा जग्गा लिजमा लिएर सुरु गरिएको खेतीमा २ विघामा जै घाँस, प्लास्टिक टनेल प्रति कठ्ठाका ४ वटा, १ कठ्ठामा १ वटा भर्मीसेड, नर्सरी व्याड २ वटा  रहेका छन् ।

साथै २ वटा पावर टिलर र १ रिपर संचालनमा रहेका छन् । मुख्य तरकारी बालीमा कुरिला करिव ९ कठ्ठामा रहेको छ । अन्य बालीहरुमा खोर्सानी, गोवी, घिरौला, करेला, काँक्रो र बेमौसमि रायोको साग रहेको छ ।
अहिले अन्य तरकारीसँगै सहकारीको खेतीमा उत्पादित कुरिलोको भने माग बढि रहेको सहकारीका कृषि संयोजक अर्जुन निरौलाले जानकारी दिए ।
यस्तै, निकट दिनहरुमा सहकारीले वायो फ्लस प्रविधिबाट माछा पालन नमुना कार्यक्रम संचालन गर्ने, १ विघाहा जग्गामा कोला खेती गर्ने, प्लास्टिक घर निर्माणको लागि कृषकहरुलाई प्लास्टिक खरिद तथा वितरण गर्ने, व्यवसायिक बाख्रापालन कृषकहरुलाई थप मासु उत्पादन कार्यक्रम तर्फ उत्प्रेरित गर्ने, जैविक खेतीको लागि जैविक मलमा ५० प्रतिसत अनुदान र झोल मल उत्पादन तालिम कार्यक्रम संचालन गर्ने लगायत अन्य थुप्रै कामहरु गर्ने योजना रहेको सहकारीका उपाध्यक्ष दिनेश प्रसाद दाहालले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर