बिर्तामोड । बिर्तामोड नगरपालिकाको दशवटा वडामध्ये विकासको दृष्टिकोणले वडा नं ४ सबैभन्दा पछाडि परेको छ । सानो वडा भएर पनि आवश्यक विकास हुन नसक्दा वडाबासीहरु जनप्रतिनिधिहरूप्रति खुसी छैनन् ।

पाँच बर्ष बितिसक्दा पनि वडाको आफ्नो भवन छैन । भाडामा लिएर चलेको वडा कार्यालयसम्म जान मुख्य राजमार्गबाट १ सय मिटरको दुरीे छ तर अहिलेसम्म पनि कालोपत्रे वा पेभर्स गर्ने काम भएको छैन ।

वडा कार्यालय रहेको आदर्श नमुना टोलबासीहरुले पटकपटक विकास निर्माणका लागि पहल गरेका थिए तर, अहिलेसम्म पनि टोलको अनुरोध सुनुवाई भएको छैन । नगरपालिकाले १ नम्बर टोलको बाटो पेभर्स गर्न छुट्याएको बजेट काटेर अन्यत्र लगेको नाली निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम प्रसाईंले बताए। उनले उक्त टोलको समस्याको रूपमा रहेको नाली निर्माणमा समेत धेरै दुःख पाएको गुनासो गरे। टोलबासीले भोट दिएर जितेका जनप्रतिनिधिले जनताको गुनासो सुनुवाई नगर्नु दुःखद भएको बताए। २ सय मिटर बाटो निर्माण गर्न अर्को निर्वाचन पर्खन बाध्य छन् आदर्श टोलबासी।

स्थानीय निकायको निर्वाचन घोषणासंगै अहिले वडा कार्यालय जाने बाटोमा पेभर्स बिछ्याउने काम शुरु भएको छ तर, त्यो पनि अधुरै रहने भएको छ । आदर्श नमुना टोल विकास संस्थाका सचिव नवराज खरेलले आफ्नो कार्यकालमा टोलबासीको आवश्यकता अनुसारको काम गर्न नसकेकोमा दुःख व्यक्त गरे।वडा जनप्रतिनिधि र नगरपालिकाबीच उचित समन्वय हुन नसक्दा धेरैजसो योजना कार्यान्वयन गर्न नसकेपछि अब आउने निर्वाचनमा कस्तो प्रतिनिधिलाई भोट हाल्ने भन्ने बहस सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय