आगामी बैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनमा सम्पूर्ण मतदातालाई मतदानस्थलसम्म पु¥याउन जागरुक गर्ने मुख्य उद्देश्यले नेपाली कांग्रेस केन्द्रीय समितिले आजदेखि एकसाथ गाउँ–गाउँ जाऔं–कांग्रेस जिताऔं अभियान शुरु गरेको छ ।

केन्द्रीय समितिको परिपत्र अनुसार उक्त अभियान एवम् नेपाली कांग्रेस झापाको गत फागुन ३ गतेको निर्णयानुसार अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आइतबार झापाको क्षेत्र नम्बर ३ र ५ मा सम्पन्न भएको छ ।

आशन, भाषण र मन्तब्यभन्दा कांग्रेसको इतिहास, विधानको ब्यवस्था, कांग्रेस नेतृत्वको सरकारले गरेका काम र नेतृत्व एवं संगठनसम्बन्धि महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका जिल्ला सदस्य, वडामा खटिएका जिल्ला प्रतिनिधिहरु, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ/नगर समितिका पदाधिकारी एवं वडा सभापतिहरु र भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।

कांग्रेस केन्द्रीय समितिले एमसिसिकाबारे जनतामा रहेको भ्रम र यथार्थबारे जानकारी गराउने, स्थानीय निर्वाचन परिणामका लागि कांग्रेसको पक्षमा माहौल बनाउने, पार्टी कार्यकर्ताबीचमा एकता र ऊर्जा अभिबृद्धि गर्ने, विधान बमोजिम जिम्मेवारी बाँडफाँड गरी सबै कार्यकर्तालाई जिम्मेवारी दिने, नेपाली कांग्रेसको नेतृत्वमा भएका राजनीतिक, आर्थिक उपलब्धिहरु जनतासमक्ष पु¥याउने लगायतका लक्षसहित देशभर एकैसाथ अभियान शुरु गरेको हो । जनताको घरदैलोसम्म पुग्ने उक्त अभियान चैत २९ गतेसम्म जारी रहनेछ ।

यही अभियान अन्तर्गत झापा क्षेत्र नं–३ को भद्रपुरमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं वर्तमान केन्द्रीय सदस्य कृष्ण सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि एवं झापाका लागि केन्द्रीय प्रतिनिधि उमेशजंग रायमाझीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी र कालेन्द्र राजवंशी लगायतको आतिथ्य रहेको कार्यक्रम क्षेत्रीय सभापति गणेश पोखरेलको सभापतित्वमा सम्पन्न भयो ।

कार्यक्रमको सञ्चालन गिताप्रसाद भट्टराइले गर्नुभएको थियो । उक्त कार्यक्रममा सहजीकरण अधिबक्ताहरु यज्ञलक्ष्मी चौंलागाई, नारायणप्रसाद पौडेल, सन्तोष प्रसाई, भरत प्रसाईले गर्नुभएको थियो ।

यसैगरी झापा क्षेत्र नं–५ को दमकमा पनि अभियान अन्तर्गत अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय प्रतिनिधि उमेशजंग रायमाझीको प्रमुख आतिथ्य एवं झापाका सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा कांग्रेसका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।

स्वागत एवं कार्यक्रमको औचित्यमाथि क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले प्रकाश पार्नुभएको कार्यक्रममा सहजीकरण रमेशकुमार दाहाल र अमृतबहादुर बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव मुकुन्द उप्रेतीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर