सुनसरी– कोशी राजमार्गअन्तर्गत धरान–भेडेटारमा शनिबार बृहत् सरसफाइ कार्यक्रम गरिने भएको छ ।

सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरसफाइ गर्न लागिएको हो ।

धरान उपमहानगरपालिकाको आयोजनामा शनिबार धरान–१३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म सरसफाइ गरिने छ ।

बिहीबार नगर प्रमुख तिलक राईको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजे बेसक्याम्पमा भेला भई सरसफाइ कार्यक्रम सहभागी हुन सबैसँग आग्रह गरेको छ ।

नगर प्रमुख राईले ‘पानीको मुहानलाई सधैँ सफा राखौँ, प्राकृतिक सम्पदाको सम्बद्र्धन गरौँ, जथाभावी फोहोर नफालौँ र सफा रहौँ, स्वस्थ जीवन निर्वाह गरौँ’ भन्ने सन्देशका साथ बृहत् सरसफाइ कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

कोशी राजमार्गअन्तर्गत सर्दु जलाधार क्षेत्रमा फोहोर नगर्न पनि सचेत गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर