दमकमा १० वटै वडाका कांग्रेस वडा सपभातीहरुले पार्टि हित विपरित गतिबिधि गर्ने व्यक्तिलाई कारबाहिको माग गरेका छन् । भर्खरै सम्पन्न हम्से दुम्से सामुदायीक बन उपभोक्ता समितिको निर्वाचनमा पार्टिको निर्णय बिपरित बाघि उम्मेद्वारी दिने वडा नम्बर २ का पार्टि क्रियासिल सदस्य टेकेन्द्र अधिकारीलाई कारबाहि गर्न उनिहरुले माग गरेका हुन । यस अघि अधिकारीलाई कारबाहि गर्न वडा नम्बर १, २ र ३ ले गरेको सिफरिसलाई गरिसकेको भन्दै उक्त कारबाहि सिफरिस प्रति १० वटै वडाका सभापतीहरुको हिँजो नगर पार्टि कार्यालयमा बसेको बैठकले समर्थन गरेको वडा नम्बर ५ का सभापति चैतन्य बरालले जानकारी दिनुभयो ।
पार्टि हित बिपरित कार्य गर्ने जो कोहिलाई गरिने कारबाहिमा आफुहरुको समर्थन रहेको उहाँले बताउनु भयो । त्यसैगरी वडा सभापतिहरुको बैठकले आगामी निर्वाचनको उम्मेद्वारी सन्दर्भमा पार्टिले हाल सम्म कुनै पनि निर्णय नगरेकोले आफु खुशी उम्मेद्वारी सार्वजनिक नगर्न अथवा उम्मेद्वारको बिषयमा सार्वजनिक टिक्का टिप्पणी नगर्न पनि पार्टि नेतृत्व संग आग्रह गरेको छ । त्यस्त दमक कांग्रेस सडासभापति सञ्जाल गठन गरि हरेक महिना बैठक बस्ने र माथिल्लो निकायको निर्देशनमा दमकमा पार्टि गतिबिधि क्रियासिल बनाउने समेत निर्णय गरेको वडा नम्बर ४ का वडा सभापती राजेन्द्र सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर