धनकुटा – धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टमा हिजो साँझ टेम्पाे दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

कोशी लोकमार्ग अन्तर्गत पचीयमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको टेम्पाे गएराति सडकको नालीमा पल्टेको हो । दुर्घटनामा टेम्पाे चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० वर्षीय लालबहादुर दर्लामी मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक डीएसपी सुरज कार्कीले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएका दर्लामीलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर