नेपालमा कोरोनाविरुद्ध खोप लगाउन थालिएको आज शुक्रबार एक वर्ष पूरा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ३७ लाख ३४ हजार ३ सय ९० पुगेको छ। हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तथ्यांकअनुसार नेपालमा अझै सबै उमेर समूहका एक करोड ५४ लाख बढीले खोप लगाएका छैनन्।

खोप भारतबाट अनुदानमार्फत् माघ ८ गते नै आइसकेको भए पनि आवश्यक तयारी गर्नुपर्ने भएकाले सरकारले १४ गतेबाट खोप अभियान सुरु गरेको थियो। एक मात्रा खोप लगाएकाको संख्या १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ पुगेको छ। यस्तै, अतिरिक्त खोप लगाउनेको संख्या २ लाख ८२ हजार ७ सय २४ पुगेको छ।

नेपालमा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका तत्कालीन निर्देशक डा. सागरराज भण्डारीले लगाएका थिए। सुरुमा खोप अभियानमा खोप लगाउन थुप्रै नागरिक हच्कीएका थिए। खोप अभियानको सुरुवातमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लाई प्राथमिकतामा राखेर भएको थियो। लगत्तै वृद्धावृद्ध, वयस्क, र बालबालिकालाई खोप दिइएको थियो। सरकारले आगामि चैतसम्म आम नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिए पनि कार्यान्वयनमा चुनौति देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर