मोरङ, माघ ४ गते । मोरङको रतुवामाई नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका-३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन ।  प्रहरी चौकी इटहराबाट खटिएको गस्ति टोलीले शंका लागि  मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट-४६ पत्ता (६९० चक्की) फेला पारेको थियो ।

प्रतिबन्धित लागुऔषध नाईटाभेट सहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर