सुनसरी, माघ ४ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर र  बराहक्षेत्र-७ बाङ्गे स्थितबाट नियन्त्रित लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र-१० का २१ बर्षीय मिन बहादुर राईको साथबाट स्पाईसनो -९६ टयाब्लेट, नाइट्रोजन- ५० टयाब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो भने प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ति टोलीले बराहक्षेत्र-७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई एसपि ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ ।

 

प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर