इलाम – इलामको सूर्याेदय नगरपालिका–३ जील (साविक पशुपतिनगर गाविस–३) की १८ वर्षीया रोजिना राईको हत्याका आरोपी २० वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीले सूर्याेदय नगरपालिका–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई रोजिना हत्याको आरोपमा पक्राउ गरेको हो ।
२०५८ माघ ७ गते बिहान हसियाले घाँटी रेटेर हत्या गरेको अवस्थामा रोजिनाको शव फेला परेको थियो । पक्राउ परेका राईले २०५८ माघ ६ गते बेलुका खेताला बोलाउन मृतककी दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी गोठमा रहेकी रोजिनालाई जबरजस्ती तानेर लगेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेको हो । त्यसवेला दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी भीममाया राईको घरबाट पश्चिमतर्फको बाटोभन्दा केही तल रोजिनाको शव भेटिएको थियो ।
आरोपितले रोजिनालाई लिएर दिदी चमेलीको घरमा जाने क्रममा बाटोबाट लडेर डिलमुनि खसेर रुन थालेपछि म आफू फस्छु भनेर रोजिनाले बोकेकै हसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन शुरु गरेको जनाएको छ । त्यसलाई हेर्दा यौनजन्य क्रियाकलाप हो कि भन्ने पनि शंका रहेको र खुलिनसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर