असोज १२,खोटाङ । खोटाङको दिक्तेल र हलेसीमा चाडपर्वलाई लक्षित गर्दैे दिक्तेलस्थित रत्नपार्क (जिरोप्वाइन्ट)र हलेसीस्थित ट्राफिक चोकमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा शुक्रबार स्थापना गरिएको दुबै यात्रु सहायताकक्षको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ब्यानर पढेर गरेर उद्घाटन गर्नुभएको हो ।
चाडपर्वमा सवारी साधनहरुले बढी भाडा लिने, सवारी साधनको क्षमता भन्दा बढी यात्रु बोक्ने, संम्भावित दुर्घट्ना हुन नदिन, चालक, सह–चालकको स्वास्थ्य अवस्था तथा मादक पदार्थ र लागू पदार्थ सेवन गरे÷नगरेको चेकजाँच गर्न यात्रु सहायताकक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुनारले यातायातका साधनहरु सुरक्षित, व्यवस्थित र मर्यादित गर्न सह–चालक, चालक तथा यातायता व्यवसायी आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “ भाडादर व्यवस्थित गरौं, लेखेर सबैले देख्ने ठाउँमा राखौ, ज्येष्ठ नागरिक, महिला, अपांग, बालबालिकालाई व्यवस्थित गरेर राखौ, सिट छैन भने अर्को सवारी साधनमा व्यवस्था गरेर सुरक्षित, व्यवस्थित, मर्यादित बनाउन व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।
विगतमा भएको भाडादर नै चाडपर्वमा पनि लागू गरिने खोटाङ यातायात प्रा.लिका महासचिव राम हिङमाङले बताउनुभयो । तर यातायात व्यवसायीहरुले यात्रु तथा सर्वसाधारणले देख्ने गरी भाडादर लेखेको ब्यानर र साइनबोड भने हाल सम्म राख्नेको छैनन् । यो बिषयमा यातायात व्यवसायीहरुको ध्यान जान जरुरी देखिन्छ ।