असोज ७,खोटाङ । ऐसेलुखर्क उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनमा चेत नारायण राजभण्डारी अध्यक्षमा पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
आइतवार मुनलाइट होटलको सभा हलमा भएको अधिबेशनबाट प्रथम उपाध्यक्षमा रमेश कुमार राजभण्डारी,दितीय उपाध्यक्षमा मिनेस राजभण्डारी, सचिवमा ज्योति श्रेष्ठ(राजभण्डारी), कृष्ण राजभण्डारी र कोषाध्यक्षमा सकुन राजभण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
त्यस्तै ः सदस्यहरुमा हरेराम राजभण्डारी, हेम बहादुर राई,पुष्पराज श्रेष्ठ, नारायण श्रेष्ठ,राम कुमार तामाङ, रमेश दाहाल, द्वारिका श्रेष्ठ (राजभण्डारी ),जै कुमारी तामाङ र पदेन सदस्य पवनकाजी सैंजु सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
निवर्तमान अध्यक्ष पवनकाजी सैंजुको अध्यक्षतामा र ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार राजभणडारी प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो ।कार्यक्रममा ऐसेलुखर्क उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्धय धुब्र राजभण्डारी,लाल कुमार राजभण्डारी र वडा नं –३ वडाअध्यक्ष टेकेन्द्र राजभण्डारी लगाएतको उपस्थिति रहेको थियो ।
अधिबेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत प्रमोद कुमार राजभण्डारी गोपनीयताको सफत ग्रहण गराउनुभएको थियो ।