काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ ।

प्रतिनिधि सभाको आज शुक्रवारकाे तेस्रो बैठकमा अर्थ मन्त्री शर्माले चालु आव २०७८/०७९ को राजस्व र आय–व्ययको अनुमानित आय–व्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो ।

पेस गरिएकाे विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्त्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधि सभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

प्रतिनिधि सभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका बीच उहाँले विधेयक प्रस्तुत गर्नुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदले यसअघि झैँ उठेर रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर