जेठ १५ खोटाङ । नेकपा‐एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज खोटाङको ७ औं जिल्ला अधिवेशनबाट अर्जुन दर्नाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।दिक्तेल स्थित पुष्पलाल स्मृति भवनमा सोमवार भएको जिल्ला अधिबेशनबाट अध्यक्षमा दर्नाल सहित ३५ जनाको जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा अगम परियार,बमबहादुर विश्वकर्मा,सचिबमा रेखा रम्तेल,उप–सचिवमा लोकमणी बि.क, रमेश परियार, भक्त बि.क र कोषाध्यक्षमा कृष्ण परियार सर्वसम्मत निर्वाचित भएको निवर्तमान अध्यक्ष दिपक ठटालले जानकारी दिनुभयो ।

त्यस्तै ः सदस्यमा ज्ञानु नेपाली, सुनिल वि.क,निर्मला बि.क,मनिता परियार,बिमला परियार,लिला रम्तेल, झकबहादुर परियार,गंगाबि.क,जयबहादुर विक,विनोद तिरुवा,पर्शुराम गहतराज,रञ्जु सिवा,रामबहादुर सार्की,मनोज परियार,अमृत बि.क,गोमा परियार,रामकुमार महरा,दिलकुमारी सार्की,देशविर बि.क,हर्क बि.क,उर्मीला बि.क,गोपाल बि.क,नरबहादुर नेपाली,होमलाल मोहोरा,कमला बि.क,डिल्ली परियार,भिमकुमारी सार्की सर्वसम्मत निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष दिपक ठटालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय महासचिव खेम नेपालीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार आचार्य, नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज चर्चबहादुर विश्वकर्मा,अखिल महिला संघको केन्द्रिय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिणादेवी राई,नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष गोपाल आचार्य,नेकपा माओवादी केन्द्रका नेता पर्शुराम विश्कर्मा र नेकपा एसका जिल्ला उपाध्यक्ष झूलेन्द्र विश्वकर्माले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै ः अधिवेशनले सल्लाकार समितिको संयोजकमा विद्या लम्साल र भिम वि.क,शेर बहादुर परियार,मान बहादुर विश्वकर्मा,गीता नेपाली,साने विक र जनक मंग्रातीलाई चयन गरिएको निर्वमान अध्यक्ष ठटालले बताउनुभयो । उहाँले भन्नुभयो जिल्लाको दशवटै पालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाजको पालिकाको अधिवेशन सम्पन्न नयाँ नेतृत्व चयन गरिएको ठटालले जानकारी दिनुभयो । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य रमेश परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव विष्णु उपरकोटी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय