जेठ १४, खोटाङ । १५ औं गणतन्त्र दिवसको अवसरमा खोटाङमा रक्तदान कार्यक्रम गरिएको छ । गणतन्त्र दिवस जिल्ला समारोह समिति खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको व्यवस्थापनमा दिक्तेलको पुरानो बेसक्याम्पमा रक्तदान कार्यक्रम गरिएको हो ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले रक्तदान गरेर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।
रक्तदान कार्यक्रममा १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयो । उहाँले भन्नुभयो संकलन गरिएको रगत रक्तसञ्चार केन्द्र दिक्तेलमा राखिने र आवश्यक पर्ने बिरामीलाई निःशुल्क उपलब्ध गराइने बजिमयको जानकारी दिनुभयो ।
गणतन्त्र दिवसको अवसरमा पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरि मनाइएको र दोश्रो दिन सरकारी तथा गैरसरकारी कार्यालय परिषरमा सरसरफाई गरिने र तेस्रो दिन गणतन्त्र शीर्षकमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरि गणतन्त्र दिवस मनाइने जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् गणतन्त्र दिवस जिल्ला समारोह समितिका संयोजक सनबहादुर राईले जानकारी दिनुभयो ।