खोटाङ, २० वैशाख । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । सगरमाथा राजमार्गले छोएको तथा जिल्लाका दोस्रो ठूलो वडा राजापानीमा स्थानीयबासीलाई शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न अस्थायी प्रहरी चौकीको स्थापना गरिएको हो ।

अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।राजापानीस्थित वडा कार्यालय नजिकै रहेको वडाकै पूरानो भवनमा स्थापना गरिएको प्रहरी चौकी बुधबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उद्घाटन गर्नुभएको थियो ।

राजापानीमा अस्थायी प्रहरी चौकी स्थापना भएसँगै यहाँको नागरिकको शान्ति सुरक्षा हुनुका साथै ग्रामीण क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको वडाअध्यक्ष अनिष कार्कीले बताउनुभयो । “प्रहरी चौकी स्थापनाका लागि आवश्यक फर्निचर, भान्छामा प्रयोग हुने सामान, विजुली तथा खानेपानी वडा कार्यालयले उपलब्ध गराएको साथै “आगामी दिनमा प्रहरी चौकीलाई आवश्यक पर्ने सहयोग निरन्तर उपलब्ध गराइने वडाअध्यक्ष कार्कीले जानकारी दिनुभयो ।”

अस्थायी प्रहरी चौकी स्थापना कार्यक्रममा साहयक प्रमुख जिल्ला अधिकारी पबित्र प्रकाश शाह, जिल्ला प्रहरी कार्यालयका खोटाङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङ र सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम,वडाअध्यक्ष अनिष कार्की लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय