चैत २८,खोटाङ । खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक ब्यक्ति गम्भीर घाईते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको काँडेस्थित सडक खण्डमा मंगलबार दिउँसो दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा नुनथलाका अन्दाजी १८ वर्षीय निश्चल राई गम्भीर घाईते भएका हुन् ।
टाउको, अनुहार, हातखुट्टा र शरीरका अधिकांश भागमा चोट लागेर गम्भीर घाईते भएका राईको रत्नपार्कस्थित फेमेली केयर अस्पतालमा उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।
दिक्तेलबाट मुडेतर्फ जाँदै गरेको बा ६६ प १११४ नम्बरको मोटरसाईकल विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ६८६ नम्बरको मोटरसाईकल सँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
गम्भीर घाईते भएका निश्चल राई बा ६६ प १११४ मोटरसाइकलको पछाडी बसेका थिए । उनी चढेको मोटरसाइकल २७ वर्षीय अगम राईले चलाएका थिए । दुर्घट्नामा अगम र बा ६० प ६८६ मोटरसाइकलका चालक बाम्राङका १७ वर्षीय अश्विन राई मध्यम घाइते भएका छन् । उनीहरुको पनि फेमेली केयर अस्पतालमा उपचार भईरहेको छ ।