दमक — कोसी नामकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले झापाको दमक नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । यस्तै उनीहरुले दमकका केहि वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् । वडा नम्बर ६ को कार्यालयमा तालाबन्दी गरेर पुन दमक नगरपालिकाको कार्यालयमा पुग्दा प्रहरीले ताला फोडेको देखेपछि प्रदर्शनकारीहरु आक्रोशित बनेका थिए । पुन तालाबन्दीको प्रयास गर्दा नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो ।
प्रदर्शनकारीहरुले नगरपालिकाको कार्यालयको झ्यालका सिसापनि फुटाईदिएका छन् । प्रदर्शनकारीहरुले नगरपालिकाको मुल गेटमै पुन तालाबन्दी गरेका थिए भने बिरोध स्वरुप कालो झण्डापनि गाडेका छन् । पहिचानवादीले कोसी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन । आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ ।
उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन । आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ । आन्दोलनकारी उनलाई सहिद घोषणा गर्न माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय