खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन भौतिक पूर्वाधार निर्माणमा वडाध्यक्षले ठेकेदारको बचाउ गरेका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङबाट सञ्चालित ‘साप्सुखोला(विजयखर्क(बसेरी लिफ्टिङ खानेपानी आयोजना’को निर्माणाधीन ट्याङ्की गुणस्तरहीन भएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष रामबहादुर कटवालले ध्यानाकार्षणपत्र जारी गर्दै ठेकेदारको बचाउ गरेका हुन् ।

ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा।लि। काठमाडौँले आफ्नो कमजोरी स्वीकारेर गुणस्तरहीन ट्याङ्की भत्काउन थालेको पर्सिपल्ट वडाध्यक्ष कटवालले वडा कार्यालयको लेटरप्याडमा ध्यानाकार्षणपत्र जारी गर्दै आपत्ति भएको जनाएको छ । वडामा सञ्चालित विकासे आयोजनाका काममा आफूहरुको निगरानी भइरहेको जानकारी दिँदै स्थानीय नरेन्द्र ढकाल लगायतले झुटो प्रचार गरेर आयोजनाको काम प्रभावित पार्न खोजेको ध्यानाकार्षणपत्रमा उल्लेख छ ।

लिफ्टिङ खानेपानी आयोजनाको मेनलाइन अन्तरगत फूलमतीडाँडा र जुरेथुम्काडाँमा निर्माणाधीन ट्याङ्कीको प्लाष्टर उप्काएर सामाजिक सञ्जालमा हाल्दै झुटो प्रचार गरेको ध्यानाकार्षणपत्रमा उल्लेख छ । “निर्माणाधीन ट्याङ्की प्लाष्टर गरेको २४ घण्टा नपुग्दै काँटी र रड प्रयोग गरेर उप्काइएको छ”, वडाध्यक्ष कटवालले जारी गरेको ध्यानाकार्षणपत्रमा भनिएको छ, “सामाजिक सञ्जालमा राखिएको भिडियोमा कुनै सत्यता छैन । आयोजनाको कामलाई गुणस्तरीय हामी आम वडाबासीको दायित्व हो । आयोजना प्रभावित पार्ने तरिकाले अनाधिकृत व्यक्तिले निर्माणाधीन संरचना भत्काउने एवम् क्षति पुर्‍याउने काम नगर्नरनगराउन हार्दिक अपिल गर्दछौँ ।”

लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की निर्माणका क्रममा भएको कमजोरी सच्याउन सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगर प्रमुख तीर्थराज भट्टराई बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय, खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैले फागुन(१ गते स्वास्थ्यचौकीडाँडाभन्दा माथि फिरफिरेमा निर्माणाधीन गुणस्तरहीन ट्याङ्की ह्याम्मर र स्काभेटर लगाएर फुटाएका थिए ।

लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरणलाइनतर्फ पाँचवटा फेरोसिमेन्ट ट्याङ्की बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो ट्याङ्की कमजोर बनेपछि सबै वितरणलाइनको ट्याङ्की आरसिसि ढलान बनाउन निर्देशन दिइएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हीराकाजी महर्जनले बताउनुभएको छ ।

विजयखर्कका ७२५ घरधुरीलाई पानीको सुविधा दिनेगरी वि।सं। २०७९ साउन(५ गतेदेखि आयोजनाको काम शुरु गरिएको थियो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएस सहित रु २९ करोड १३ लाख ९८ हजार ९९० लागतमा सक्नेगरी लिफिटङ खानेपानी आयोजनाको ठेक्का लागेको हो ।

वि।सं। २०८१ साउन(४ गतेसम्ममा सक्नेगरी उक्त निर्माण कम्पनीले वि।सं। २०७९ असार(२२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्ती नजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जङ्गल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर