गौरादह – झापाको गौरादहमा पहिलो पटक फुड फेस्टिबल संचालन हुने भएको छ।
लायन्स क्लब अफ गौरादहको आयोजनामा लायन्स चिल्ड्रेन पार्क निर्माण सहयोगार्थ आयोजना हुन लागेको फुड फेस्टिबल चैत २८ देखि वैशाख ६ गते सम्म संचालन हुनेछ।
फुड फेस्टिबलमा गौरादह क्षेत्रमा उत्पादन भएका अर्गानिक खानेकुरा, विभिन्न समुदायका परिकार, कृषि, घरेलु उत्पादनको प्रर्वद्धन तथा स्टलहरु रहने लायन्स चार्टड प्रेसिडेन्ट डा. तिलक खनालले जानकारी दिनुभयो।
फुड फेस्टिबलमा चर्चित गायक प्रमोद खरेल, मिलन नेवार, शिव परियार, मेलिना राई, एलिना चौहान, आशिष राना(लाहुरे), रचना रिमाल, ज्योती मगर, सिर्जना खत्री र हाँस्य कलाकार सुमन कार्कीले मनोरञ्जन दिने कार्यक्रमका संयोजक समिर नेपालले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर