दमक – विश्व उपभोक्ता अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । उपभोक्ता हित तथा अधिकारसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरी हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस विश्वभर मनाइन्छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

सन् १९८५ मा उपभोक्ताका आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो। यसै आधारमा हरेक देशले आ–आफ्नो उपभोक्ता कानुन जारी गरेका छन् ।

नेपालमा उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

यसै क्रममा झापाको दमक नगरपालिकामा ईलाका प्रशासन कार्यालय दमकको आयोजना स्थानीय तहका लागि बजार व्यवस्थापन, आपूर्ती नियमन र अनुगमन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका नायब शुब्बा सुरेन्द्र राज दाहालले उपभोक्ता अधिकारका बिषयमा जानकारी गराउनुभएको थियो ।

उपभोक्ता अधिकारका अन्तरनिहित सिद्धान्तका बारेमा जानकारी गराउदै उहाले प्रत्येक उपभोक्ताले आफैपनि सचेत हुनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा दमक नगरपालिका र कमल गाउपालिकाका उपप्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर