नेकपा एमालेले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरेको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोबारेमा जानकारी दिनुभएको हो ।

उहाँले राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनित हुनुभएको बताउनुभयो । अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनित गरेको बताउनुभयो । त्यस्तै, प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय सभामा प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठलाई नियुक्त गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर