बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव समितिलाई नेपाल औषधि व्यवसायी संघ जिल्ला समितिले फेस मास्क वितरण गरेको छ ।
महोत्सवमा अवलोकनर्ता र कार्यरत स्वयम्‌सेवकलाई वितरण गर्ने गरि औषधि व्यवसायी संघले ५ हजार थान मास्क आज वितरण गरेको हो ।

औषधि व्यवसायी संघका पदाधिकारीहरू प्रलाद ढुंगाना, प्रदिप खरेल, महासचिव जीवनकुमार खड्कालगायतले महोत्सव आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, महोत्सव संयोजक राजु न्यौपानेलाई मास्क हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर