दमक, नेकपा माओबादी केन्द्र सम्बद्व अखिल नेपाल महिला संगठन (क्रान्तिकारी ) दोस्रो दमक नगर भेलाले संगिता सेरेङ (इक्सा)को अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।
संगठनकी केन्द्रिय उपाध्यक्ष रेणु चन्दको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाबाट इक्साको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।
नगर कमिटीको उपाध्यक्षत्रयमा बन्दना नेम्वाङ सुब्बा, रमिला मिश्र र कल्पना तामाङ चयन भएकी छन । त्यसैगरी सचिवमा समुन्द्र लामा, सहसचिवमा छमिला तामाङ र कोषाध्यक्षमा हेमन्तीदेवी गजुरेल चुनिएकी सो पार्टीले जनाएको छ । भेला दमक ८ स्थित पार्टी कार्यालयमा भएको सो कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

श्रमिक संघ दमक गठन

अखिल नेपाल बिधुतिय रिक्सा तथा ट्यापो श्रमिक सँघको दमक नगर भेलाले नेत्र रिजालको अध्यक्षतामा नौ सदस्यीय नगर समितीको चयन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर