झापा — झापाको दमक नगरपालिका वडा नम्बर ९ मा कार्यालय रहेको सेतुमारी कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई एक दिने कृषि अवलोकन भ्रमण गराएको छ ।
सहकारीको बार्षिक कार्यक्रम अनुसार सेयर सदस्य मध्येका २९ जनालाई गत बुधबार कृषि अवलोकन भ्रमण गराएको हो । भद्रपुर नगरपालिका १० र अर्जुनधारा नगरपालिका ५ मा रहेका मामा भाञ्जा कृषि फर्ममा सहकारीले आफ्ना सेयर सदस्यहरुलाई अवलोकनका लागि लगेको सहकारीका अध्यक्ष सोमराज तामाङले जानकारी दिए ।
भद्रपुर १० स्थित कलवलगुरीमा रहेको मामा भाञ्जा कृषि फार्म तथा अनुसन्धान केन्द्रमा केन्द्रका प्रोप्राईटर निर्मल अधिकारीले त्याहा पुगेकाहरुलाई बिभिन्न खेतीका बारेमा जानकारी गराएका थिए । उनले तरकारी खेतीबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने बिषयमा अवलोकनका लागि पुगेकाहरुलाई आफ्ना अनुभब समेत साटेको सहकारीका व्यवस्थापक दिपक खनालले जानकारी दिए ।
सेतुमारी कृषि सहकारी संस्थालेपनि सामुहिक खेतीको अवधारणा अघि सारेर वडा नम्बर मै जग्गा लिजमा लिएर खेती गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर