झापा — आफ्नै बुवाले चलाएको ट्रयाक्टरले किचेर झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा दुई बर्षे बालिकाको ज्यान गएको छ ।
आज (सनिबार) दिउसो करिब १ बजेको समयमा स्थानीय बालकृष्ण दुलालले घर अगाडीे रहेको ट्रयाक्टर पछाडी सार्ने क्रममा सोही ठाउँमा खेल्न आईपुगेकी दुलालकी छोरी दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा परि गम्भिर घाईते भएकी बालिकाको उपचारका क्रममा बिर्तामोडस्थित एक अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर