झापा, मेचीनगर ११ वडा कार्यालय, मगली चोकको अगाडि रहेको एघार सय भोल्डको ३ खम्बा गत १७ गते रातारात सारिएको छ ।
घरको नजिक खम्बाहरु सार्नलाई पटकपटक निवेदन दिदा पनि बिधुत प्राधिकरणले नसार्दा घरै भत्काउनु परेको भन्दै स्थानीय बासिले वरपर कुनै जानकारी नै नगरी सारिएकोमा जग्गाधनी र धुलाबारी शाखा प्रमुखको लेनदेनमा मिलोमतो रहेको जन गुनासो आएको हो ।
सम्बन्धित जग्गा वालाले निवेदन गरे पछी अनुगमन गरेपछि सम्बन्धित शाखाले क्षेत्रमा टिप्पणी बुझाएर क्षेत्रले केन्द्रमा स्वीकृत लिए पछि लाग्ने दस्तुर जग्गा धनिले जम्मा गरे पछि सार्ने ब्यवधान रहेको प्राधिकरणका एक कर्मचारीले बताए । स्थानीय राजवन्शीको प्लटिङ्ग गर्न लागेको जमिन धुलाबारी शाखा प्रमुख नव किशोर गोहितले कुनै प्रक्रिया नै नचलाई आफू खुसी गरेको र पोल सार्ने बेलामा अरुलाइ कार्य बाहक प्रमुख बनाइ आफू बिदामा बसेको खुल्न आएको छ
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to efocusnews.com
Design: Ytech