झापा — गाउँघरमा धान, गहुँ लगायतका दाल दलहन भण्डारणमा प्रयोगमा आउँने बाँसको भकारीको प्रयोग हराउँदै जान थालेको छ ।
डोम, मुसहर, हलखोर लगायत दलितहरुले युगौदेखि धान, गहुँ लगायत दाल दलहन अन्न भण्डारण गर्नका लागि प्रयोग हुने बासको भकारी बनाइ जीवनयापन गर्दै आएपनि आधुनिक युगमा फलाम तथा स्टील लगायत विभिन्न आकर्षक खालेका भकारी लगायत अन्य सामाग्री बजारमा आएपछि बासको भकारीको माग दिनानुदिन घट्दै गएको छ ।
पहिलेको समयमा अन्न भण्डारण गर्नका लागि सैयौ मन धान, गहुँ, मसुरी, मकै लगायतका अन्न सुरक्षित रुपमा राख्नका लागि जमिन्दारहरुको घरमा ठुला ठूला भकारी हुने गरेको तथा किसानको घरमा १५ देखि २५ मन अन्न भण्डार गर्नका लागि ससाना भकारी प्रयोग हुने गरेकोमा त्यस्ता भकारी बनाइ जीवनयापन गर्दै आएका दलितहरुको हाल केही वर्ष यता आधुनिक किसिमको बजारमा पाइने भकारी प्रति सर्वसाधारण जनताको आकर्षण बढ्दै गएपछि बाँसको भकारी बिक्री एकदमै न्यून भएको झापाको गौरीगञ्ज ६ का रामु साफी बताउछन् ।
साफीले भने, “अहिले साह्रै कम मान्छेले मात्रै भकारीको प्रयोग गर्न थालेका छन् । यसले त हाम्रो व्यवसायनै संकटमा परेको छ ।” बाँसको भकारी, सुप, डलिया लगायतका सामाग्री स्थानीय बजारमा बेचेर जीवन यापन गर्दै आएकोमा अब यो पेशाबाट पेट पाल्न गाह्रो हुन थालेको उनी बताउँछन् । आधूनिक युगको विस्तारैसंगै भकारी किन्नेको संख्या घट्दै जान थालेपछि अहिले धेरैले अन्य कामको खोजी गर्न थालेको साफीले सुनाए ।
झापा गौरादह ७ का किसान कर्ण अधिकारी पहिलाको तुलानामा अहिलेका भकारी कमशल हुन थालेकालेपनि सर्बसाधारणको यस्ता भकारी तर्फ आकर्षण घटेको बताउछन् । “पहिलाका भकारी दह्रा हुन्थे । तर, अहिले बजारमा पाईने भकारी बाँसको भित्रि चोयाले बनाएको भेटिन्छ । यो दुई बर्षपनि टिक्दैन । अधिकारीले सुनाए । ”
तराई मधेशका गाउँघरमा धान गहुँ लगायत दाल दलहन भण्डारण गर्नका लागि प्रयोग गरिने बाँसको भकारी पछिल्लो समय लोप हुन थालेको छ । समय परिवर्तनसँगै मानिसहरूले अन्न भण्डारण गर्नका लागि बाँसको भकारीको सट्टामा बजारमा पाइने टिन तथा जस्तापाताका भकारीहरूको प्रयोग गर्न थालेपछि जीवनयापनका लागि बाँसको भकारी बनाएर बिक्री गर्दै आएका डुम समुदायको पुर्खाैली पेशा नै संकटमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर