कात्तिक २४,खोटाङ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बबि चाम्लिङ सहित २८ जना नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा फर्किएका छन् ।
सोमवार(आज)राष्ट्रियसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा चाम्लिङ सहित २८ जना नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा फर्किएका हुन् । पार्टी परित्याग गरि एमालेमा फर्किएका नेता तथा कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।
पार्टी परित्याग गरि एमालेमा फर्किएका राई खासगरी एमाले पार्टी विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा गएका थिए । राई एमाले जिल्ला कमिटी खोटाङका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख हुन् ।राई अहिले सम्म कुनै विवाद्मा नपरेको र निष्ठाका साथ राजनितिक गर्ने व्यक्ति भनेर खोटाङमा परिचित छन् ।

त्यस्तै ः एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य अम्बिका राई, एकीकृत समाजवादी पार्टी खोटाङका सचिवाल सदस्यहरु तेजप्रसाद अधिकारी,अनुप राई,गोबिन्द्र बास्तोला, पकुप्रसाद राई, जिल्ला सदस्यहरु भिम प्रसाद लुईटेल, दयाराम राई लगायत नेता तथा कार्यकताहरु पार्टी परित्याग गरि एमालेमा फर्किएका छन् ।

पार्टी परित्याग गरि एमालेमा फर्किएका नेता तथा कार्यकताहरुलाई क्षमताको आधारमा पार्टीको उचित जिम्मेवारी प्रदान गरिने एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराईले बताउनुभएको छ । एकीकृत समाजवादी पार्टी खोटाङका धेरै नेता तथा कार्यकर्ताहरु एमालेमा फर्किने तयारीमा छन् । चाँडै पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेर उनिहरुलाई पार्टीमा भित्र्याउछौं भट्टराईले भन्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गर्नुभएको थियो । नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि रामकुमारी झाँक्री र किसान श्रेष्ठ सहितका नेताहरू मूल घर फर्किएका हुन्।

२०७८ भदौमा एमाले विभाजन गरेर माधव नेपाल नेतृत्वमा नेकपा एस दर्ता गरिएको थियो । अहिले माओवादीसँग एकता गरेसँगै नेकपा एसको एउटा तप्का मूलघरमै फर्किएका हुन् ।

